
उनलाई गत साता अस्पतालबाट घर फर्काइएको थियो। तर उनको स्वास्थ्य राम्रो भएर हैन, स्थितिमा केही सुधार आएको र उनले अस्पतालमा बस्न रुचि नदेखाएकोले उनलाई डिस्चार्ज गरिएको थियो। बिहीबार रातिदेखि अचानक उनको अवस्था गम्भीर भएको छ। अस्पताल जान नमानेकाले उनलाई घरैमा विशेष कक्षमा उपचार गराइएको छ। घरमा नै आईसीयुको जस्तो सुविधा दिने भनिएको छ। स्थिति अझ बिग्रिए उनलाई कृत्रिम श्वास प्रणालीमा राख्ने तयारी पनि गरिसकिएको छ। टेलिभिजनहरुले उनको घरअगाडिबाट राति अबेरसम्म उनको स्वास्थ्यबारे प्रत्यक्ष प्रसारण गरिरहेका छन्।
0 comments:
Post a Comment