Home Email Display Clock Web Home Email Display Clock Web Web

Friday, February 5, 2010

Friday, February 5, 2010

राष्ट्रिय गान/धुनको विवाद कायमै

बङ्गलादेशको राजधानी ढाकामा सञ्चालित ११ औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोहमा नयाँ राष्ट्रिय गान ‘सयौँ थुङ्गा फुलका हामी……’ को सट्टा नेपालमा खारेज भइसकेको राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली……’ बज्यो ।
एकपटक मात्र होइन, बारम्बार गल्ती धुन बज्दा पनि जिम्मेवार निकायबाट त्यसतर्फ सचेत गराउने काम भएन । उल्टै झण्डोत्तोलन समारोहमा पनि नेपालको त्रिकोणात्मक राष्ट्रिय झण्डाको स्थानमा उल्टो चारपाटे झण्डोत्तोलन गरिएको थियो ।
पदक तालिकामा कुनै वर्ष नम्बर एक राष्ट्र बनेको नेपालमाथि यसपटक दुर्भाग्यको शृङ्खला नै दोहोरिएको छ ।
सुरुमै नेपाली खेलाडीहरु त्यहाँस्थित इम्पेरियल होटलको लिफ्ट दुर्घटनामा परेर घाइते भए । उता, कबड्डी खेलाडीको विषयमा पदाधिकारीबीच मुक्कामुक्की हुनु तथा पदकको आशा गरिएको भारोत्तोलनमा खेलाडीहरु पदकविहीन भएकै कारण साग खेल यतिबेला चर्चामा छ ।
यस्तै, थाइल्याण्डमा बन्द बैदेशिक प्रशिक्षणमार्फत् तालिम लिनुभएका १५ जना कराँते खेलाडीमध्ये पाँचजना खेलाडीले काता प्रतिस्पर्धामा सहभागी हुनबाट बञ्चित भए ।
युवा तथा खेलकुद मन्त्रालयका सदस्य सुशिल जङ्गबहादुर राणाले साग उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री गणेश तिवारी नेपालीको स्वयम् त्यहाँ उपस्थिति रहेको जनाउदै कुनै प्राविधिक कारणले गर्दा गणतन्त्र नेपालको स्थानमा राजतन्त्रको राष्ट्रिय गान बजेको हुनसक्ने बताउदै नेपालको परिवर्तित अवस्थाको राष्ट्रिय धुन थाहा नभएर त्यसो भएको हुनसक्ने लाचारी व्यक्त गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद -राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले दुई महिनाअघि सेफ द मिसनको बैठकमा साग आयोजक राष्ट्र बङ्गलादेशमा नयाँ राष्ट्रिय धुन पठाइदिएको जनाउँदै यस सम्बन्धमा सम्पूर्ण जिम्मेवारी आयोजकले लिनुपर्ने बताउनुभयो ।
उपाध्यक्ष तिम्सिनाले यस सम्बन्धमा नेपाल ओलम्पिक कमिटी र ढाकास्थित नेपालको दूतावास गम्भीर हुनुपर्ने र अब यस्तो गल्ती दोहरिन नदिन सम्बन्धित निकाय स्वयम् चनाखो हुनुपर्दछ भन्नुभयो ।
कबड्डी खेलमा भएको विवादको सम्बन्धमा प्रशिक्षक, निणर्ायक र खेलाडीहरुले लिखित रुपमा राखेपमा कारावाहीको लागि निवेदन दिएमा छानबीन गरी कारबाही अगाडि बढाउने उहाँले बताउनुभयो ।
राखेप उपाध्यक्ष तिम्सिनाले लिफ्ट दुर्घटनामा घाइते भएका ११ जना जुडो खेलाडी टोलीको स्वास्थ्यमा देखिने शारीरिक अवस्था हेरेर उहाँहरुको भविष्यका लागि आवश्यक पहल गर्न सकिने बताउनुभयो ।
खेलकुदविज्ञ रमेश खनालले झण्डोत्तोलन र पुरानो राष्ट्रिय गानमा हेलचक्र्याईं भएको बताउदै यसले विदेशमा राजतन्त्रको अवशेष अझै बाँकी रहेको आभाष दिएको टिप्पणी गर्नुभयो ।
विगतमा यस्ता गल्ति हुँदाहुदैपनि पुनः गल्ती दोहोरिनु दुर्भाग्य भएको उल्लेख गर्दै उहाँले छानबिन कमिटी बनाएर सत्यतथ्य बाहिर ल्याउनुपर्ने विचार ब्यक्त गर्नुभयो ।
नेपाली खेलाडी टोली साथै सेफ द मिसनका नेतृत्वकर्ता राखेप सदस्य सचिव हरिबाबु चौधरीले आयोजकलाई गल्तीप्रति तुरुन्त दबाब दिन सक्नु पथ्र्योे खेलकुद दर्शक खेमन अधिकारीले भन्नुभयो ।
मिसन नेतृत्वकर्ता चौधरीलाई गल्तीप्रतिको प्रतिक्रिया लिन खोज्दा खेलस्थलमा नभेटिने त्यहाँस्थित नेपाली पत्रकारहरुको भनाई रहेको छ ।
नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले राष्ट्रिय अस्मितामाथि खलल पुग्ने यस प्रकारको गल्ती आयोजक राष्ट्रको फितलो ब्यवस्थापन र नेपाल ओलम्पिक कमिटी, सेफ द मिसन, साथै दुतावासको गम्भीर गल्तीले गर्दा भएको उल्लेख गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउनुर्नेमा जोडदिनुभयो ।
यसअघि सन् २००६ मा कोलम्बोमा सम्पन्न दशौँ सागको उद्घाटन समारोहमा पनि पुरानै राष्ट्रिय गानमा मार्चपास गरिएको थियो ।
नेपाली टोलीसँग घटनाप्रति गम्भीर गल्ती महसुस गर्दै अब आइन्दा यस्तो गल्ती नदोहोरिने आयोजक राष्ट्रले टोलीलाई विश्वास दिलाएको थियो ।

Share/Save/Bookmark


Related Posts



0 comments:

Post a Comment

Related Posts with Thumbnails
 
Add to My Yahoo! Submit to Social Websites Monetize your site! Top 100 Entertainment Sites on Top100Add.com - Add your Site, Boost Your Traffic!
Powered by  MyPagerank.Net
free statistics Arts (Crafts) - TOP.ORG Yahoo bot last visit powered by MyPagerank.Net Add url
Copyright © fun for entertainment | Powered by Blogger | Template by Blog Go Blog