Home Email Display Clock Web Home Email Display Clock Web Web

Thursday, November 19, 2009

माइक्रोसफ्टको विन्डोज सेभेन बजारमा

Thursday, November 19, 2009
पर्सनल कम्प्युटर (पीसी)हरुले अव नयाँ अपरेटिङ सिस्टम पाउने भएका छन्। माइक्रोसफ्टले बिहीबार नयाँ अपरेटिङ सिस्टम विन्डोज ७ को बिक्री सुरु गर्दै छ।
माइक्रोसफ्टले भिस्टालाई पछ्याउँदै आएको नयाँ अपरेटिङ सिस्टमले अत्याधिक सफलता पाउने अपेक्षा गरेको छ। विन्डोज भिस्टापछिको यो नयाँ कम्प्युटर अपरेटिङ सिस्टम हो। माइक्रोसफ्टले लामो समय अघिदेखि नै यसको प्रवर्द्धन गर्दै आएको छ।
यसअघिको भिस्टा एक्सपीको तुलनामा बढी बिकेको दावी गर्ने माइक्रोसफ्टले विन्डोज ७ को बिक्री अझ बढी हुने जनाएको छ। कम्पनीका अनुसार यसलाई छिटो काम गर्न सक्ने बनाइएको छ भने सस्तो नोटप्याडहरुमा सजिलै चलाउन सकिने गरी तयार गरिएको छ। नोटप्याड र नेटवुकमा भिस्टाले राम्रो काम गर्न सकेको छैन। यो भर्सनमा मल्टि टच इन्ट्राफेस, हस्तलिखित पहिचान गर्ने क्षमतासहितको व्यवस्था गरिएको छ। अघिल्ला भर्सनमा जस्तो यसमा परीचित टास्कवार छैनन्। नयाँ टास्कबार कम्प्युटर स्त्रिनको फेदमा देखिन्छ। यसले मिडिया फाइलको व्यवस्थापन पहिलेको सिस्टमले भन्दा फरक रुपमा गर्ने भएकाले पनि यसको चासो धेरैमा छ। तस्बिर, भिडियो, म्युजिक र डकुमेन्टका फोल्डरहरुलाई पहिलेभन्दा व्यवस्थित रुपमा यसले व्यवस्थापन गर्न सक्छ। यो भिस्ताको तुलनामा एकदा छिटो लोड हुन्छ । इन्सटल गर्न करिब १०- १५ मिनेट समय भए पुग्छ । यसमा अर्को राम्रो कुरा नेपाली युनिकोड सिस्टममा टाइप गर्नको लागी कुनै अर्को सफ्टवयर डाउनलोड गरेर इन्सटल गरीरहनु पर्दैन । विण्डोज सेभेनमा नेपाली किबोर्ड पनि हालिएको छ । पेन्ट, वर्डप्याड, नोटप्याड, गेम्स हरू परिबर्तन गरीएको छ । फाइल सर्च सिस्टम एकदम फास्ट छ। मेडिया प्लेयर ले सबैकिसिमको फाइल सपोर्ट गर्छ, फास्ट पनि छ। म्याकमा जस्तै सिस्टम ब्याकअप सिस्टम हालीएको छ । ड्राइभरहरू पनि भिस्ताको सपोर्ट गर्छ । विन्डोज लाइब्रेरी सुधारिएका कारण यसले प्रयोगकर्तालाई नयाँ हुनुको अनुभूति दिने कम्पनीले जनाएको छ।
विन्डिज ७ को वेटा र परीक्षण भर्सनबाट केही धेरै उत्साही देखिएका छन्। उनीहरु यो भर्सनको सिस्टममा जान आतुर छन्। तर, यसको प्रयोगपछिमात्र यसमा कति समस्या छन् भन्ने थाहा पाउन सकिने छ। सामान्य उपभोक्ताले भने यो अपरेटिङ सिस्टम आफ्नो कम्प्युटरमा चल्न सक्छ कि सक्दैन भन्ने थाहा पाउन माइक्रोसफ्टको सपोर्ट साइटमा गएर हेर्न सक्छन्। हालैमात्र कम्पनीले विन्डोज ७ चल्न सक्ने नसक्ने पहिचान गर्न आफ्नो साइट तयार गरेको छ।
Share/Save/Bookmark


Related Posts



0 comments:

Post a Comment

Related Posts with Thumbnails
 
Add to My Yahoo! Submit to Social Websites Monetize your site! Top 100 Entertainment Sites on Top100Add.com - Add your Site, Boost Your Traffic!
Powered by  MyPagerank.Net
free statistics Arts (Crafts) - TOP.ORG Yahoo bot last visit powered by MyPagerank.Net Add url
Copyright © fun for entertainment | Powered by Blogger | Template by Blog Go Blog